राष्ट्रिय वाणिज्य बैंकले नि:शुल्क तालिम दिने, आबेदन दिन आह्वान




काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले युवा लक्षित आरबिबि इम्पावरमेन्ट एकेडेमी कार्यक्रम शुरु गरेको छ ।। फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको यस एकेडेमीबाट युवाले लाभ लिन सक्नेछन् ।

उक्त एकेडेमीले २०७६ कार्तिक १ गते बाट नै निःशुल्क आवेदन दिन सक्ने गरी वित्तीय क्षेत्रमा रोजगारी पाउन तिन दिने टेक्निकल, बिहेबियरल र प्राक्टिकल बैंकिङ्ग विषयगत तयारी कक्षा संचालन गर्र्नेछ । पहिलो चरणको ट्रेनिङ्ग, प्रदेश नं.३ अन्तर्गत स्नातक र स्नाकोत्तर डिग्री भएका कलेजका विधार्थीहरुलाई मात्र लक्षित गरी आवेदन आव्हान गरीएको छ ।

वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवा विदार्थीहरुले यसबाट भरपुर लाभ लिन सक्नेछन् । वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्धारा निःशुल्क रुपमा दिइने यस तालिम, बैंकको दरबारमार्ग काठमाण्डौ स्थित तालिम केन्द्रमा आगामी कार्तिक २२, २३ र २४ गते आयोजना हुनेछ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले ५५ वर्षकोे इतिहास बोकेको सरकारी बैंकको नाताले युवा वर्गहरुको वृतिविकाशका लागी र समाजलाई केही योगदान दिने उद्देश्यले हाम्रो सामाजीक उत्तरदायीत्व निर्वाह गर्दै यो तालिम केन्द्रको शुरुवात गरीएको बताए ।

वित्तिय क्षेत्रमा आफ्नो करीयर बनाउन ठूलै शिक्षित जमातहरु लालायीत भइरहेको परिप्रेक्षमा , रोजगार उन्मुख यस्ता किसिमका तालिमहरुले युवकहरुको वृतिविकाशमा धेरै सहयोग गर्ने कुरामा विश्वास्त भए ।

सम्भवतः नेपालमै पहिलो पटक बैंकले निशुल्क रुपमा आयोजना गरेको युवा लक्षित यस्तो किसिमको रोजगारी उन्मुख तालिमहरु निकट भविश्यमै अन्य प्रदेशहरुमा पनि संचालन गरीने बैंकले जानकारी  दिएकाे छ ।


क्लिकमान्डु