भुक्तानी सेवा दिन प्रतिस्पर्धा, स्मार्ट कार्ड नेपाललाई राष्ट्र बैंकले अनुमति दियो



काठमाडौं । भुक्तानी सेवा दिन एकपछि अर्को कम्पनीहरु थपिने लहर नै चलेको छ । सरकारले नगद रहित कारोबारलाई प्रत्साहन दिएपछि भुक्तानी सेवा प्रदायकहरु थपिने होडबाजी चलेको हो ।

स्मार्ट कार्ड नेपाल प्राइभेट लिमिटेडले भुक्तानी तथा बचत सेवा प्रदायकको लाइसेन्स प्राप्त गरेको छ । राष्ट्र बैंकले कम्पनीलाई भुक्तानी तथा फछ्यौट विनियमावली अनुसार लाइसेन्स दिएको हो ।

स्मार्ट कार्ड २०७१ सालमा स्थापना भएको डिजिटल प्रविधियुक्त पेमेन्ट एण्ड डिपोजिट गेट वे कम्पनी हो । कम्पनीले अत्याधुनिक प्रविधियुक्त प्रिपेड स्क्रयाच कार्ड, स्मार्ट स्क्रयाच कार्ड र डिजिटल वालेट स्मार्ट वालेटको माधयमबाट नेपालको वित्तिय क्षेत्रमा सेवा प्रवाह गर्नेछ ।

कम्पनीको प्रिपेड स्क्रयाच कार्ड मार्फत नेपालका सबै बैंक तथा वित्तिय संस्थामा रहेका खाताहरुमा तुरुन्तै रकम जम्मा गर्न सकिने कम्पनीका अध्यक्ष प्रतापजंग पाण्डेले जानकारी दिए ।

अध्यक्ष पाण्डेका अनुसार प्रिपेड स्क्रयाच कार्डमाफर्त कम्पनीको आफ्नै डिजिटल वालेट लोड गरी सोही वालेट मार्फत विभिन्न आर्थिक कारोबार गर्न सकिनेछ ।


पुष्प दुलाल