२१६ सह-सचिव र ४७२ उप-सचिव पदमा लोकसेवाले जागिर खुलायो




काठमाडौं । लोकसेवा आयोगले ६८८ जनाका लागि रोजगारी खुलाएको छ । आयोगले निजामती सेवा र स्वास्थ्य सेवातर्फ एघारौं र नवौं तहमा सह-सचिव र उपसचिवका लागि जागिर खुलाएको हो ।

जसमा प्रशासनतर्फ २१६ जना सह-सचिव र ४७२ जना उप-सचिवका माग गरिएको आयोगले जनाएको छ ।

निजामति सेवाको प्रशासनतर्फ १८१ सह-सचिव र ३९३ उप-सचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सह-सचिव र ७९ उप-सचिवका लागि विज्ञापन गरिएको हो । स्वास्थ्य सेवामा नवौं र एघारौं तहमा विज्ञापन खुलाइएको हो ।

यसैगरी आयोगले आन्तरिक बढुवाका लागि पनि आवेदन खुलाएको छ । बढुवाको लागि दरखास्तसाथ बढुवा हुने पदभन्दा एक श्रेणी मुनिको पदमा सम्बन्धित सेवा, समूह वा उपसमूहसँग सम्बन्धित विषयमा एक महिना वा सोभन्दा बढी अवधिको सेवाकालिन तालिमको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।

योग्यता पुगेका आवेदकहरूले मंसिर ३ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ ।


क्लिकमान्डु