जलविद्युत कम्पनीमा लगानी, बालुवामा पानी: १७ जलविद्युत कम्पनीका लगानीकर्ता डुबे



काठमाडौं । दोस्रो बजारमा जलविद्युत समूहको सेयर कारोबार गर्ने लगानीकर्ताका लागि यतिबेला सेयरमा लगानी बालुवामा पानी सरह नै भएको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २१६ वटा सूचिकृत कम्पनी छन् । त्यसमा पनि ३२ वटा त जलविद्युत कम्पनी नै छन् ।

यतिबेला जलविद्युत समूहमा लगानीकर्ताले गरेको लगानी भने बालुवामा पानी सहर नै भएको छ । किनभने ३२ वटा कम्पनीमध्ये पनि १७ वटामा लगानी गरेका लगानीकर्ता यतिबेला निकै डुबेका छन् । उनीहरुको लागि जलविद्युतमा लगानी बालुवामा पानी सरह नै भएको छ ।

लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँमा किनेको सेयर यतिबेला प्रति कित्ता ४७ रुपैयाँसम्म नोक्सानी छ । नेशनल हाईड्रोपावरको प्रतिकित्ता १०० रुपैयाँमा सेयर किनबेच गरेका लगानीकर्ताले यतिबेला ४७ रुपैयाँ नोक्सानी व्यहोरेर ५३ रुपैयाँमा कारोबार गरिरहेका छन् ।

मंगलबार कारोबारमा १५१ कम्पनीको सेयर कारोबार भएकोमा १७ वटाको सेयर मूल्य १०० रुपैयाँभन्दा कम छ । त्यसमा पनि एउटा प्रोग्रेसिभ फाइनान्सको ९८ रुपैयाँ छ । बाँकी सबै जलविद्युत कम्पनी रहेका छन् ।

त्यसैले पनि लगानीकर्ता जलविद्युत क्षेत्रमा लगानी गर्न भने निकै त्रसित देखिन थालेका छन् ।


क्लिकमान्डु