ज्योति विकास बैंकमा ५० जनालाई रोजगारीको अवसर




काठमाडौं । ज्योति विकास बैंकले विभिन्न पदमा ५० जना कर्मचारीका लागि जागिर खुलाएको छ । बैंक काठमाडौं उपत्यकाभित्र र बाहिर गरेर विभिन्न पदका लागि म्यानेजमेन्ट लेवल र जुनियर असिस्टेन्ट तहमा कर्मचारी माग गरेको हो ।

बैंकले म्यानेजमेन्ट र जुनियर असिस्टेन्ट तहमा नयाँ कर्मचारीलाई मौका दिएको छ । जसमा म्यानेजमेन्ट टे«नी १० जना जुनियर असिस्टेन्ट ट्रेनीतर्फ ४० जना कर्मचारीका लागि बैंकले बुधबार सूचना प्रकाशित गरी आवेदन खुलाएको हो ।

म्यानेजमेन्ट ट्रेनी पदमा वित्त, व्यवस्थापन, अर्थशास्त्र वा अन्य सम्बद्ध बिषयमा स्नातकोत्तरमा द्वितीय श्रेणी अथवा सिजिपिए २.५ ल्याएका र ३० वर्ष उमेर ननाघेकोले म्यानेजमेन्ट ट्रेनीतर्फ आवेदन दिन सक्नेछन् ।

त्यस्तै, अर्थशास्त्र, व्यवस्थापन वा यस्तै विषयमा स्नातकमा द्वितीय श्रेणी अथवा सिजिपिए २.५ आएर उत्तीर्ण गरेका २८ वर्ष मुनिकाले जुनियर ट्रेनी असिस्टेन्ट पदमा आवेदन दिन पाउने बैंकले जनाएको छ ।

इच्छुकले ३० अक्टोवरसम्म आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु