माछापुच्छ्रे बैंकले ११५ जना कर्मचारी माग्यो, कसरी दिने आवेदन ?



काठमाडौं । माछापुच्छ्रे बैंकले ११५ जना कर्मचारी चाहिएको माग गर्दै आवेदन खुलाएको छ ।

बैंकले काठमाडौं उपत्यका भित्र र बाहिरको लागि २५ जना म्यानेजमेन्ट ट्रेनी र ९० जना जुनियर एसिटेन्ट पदको लागि आवेदन मागेको हो । जुनियर एसिटेन्टको लागि पनि काठमाडौं उपत्यका र बाहिरको लागि आवेदन माग गरिएको हो ।

म्यानेजमेन्ट ट्रेनीका लागि व्यवस्थापनमा स्नातोत्तर तह उतिर्ण गरेको हुनुपर्ने छ । जुनियर एसिटेन्टका लागि स्नातक उतिर्ण गरेको हुनुपर्ने छ ।

बैंकमा आवेदन दिन चाहनेले कात्तिक १३ भित्रमा बैंकको वेवसाइटमा गएर तोकिएको कागजजात बुझाएर आवेदन दिनुपर्ने छ ।


क्लिकमान्डु