लगानी ल्याउन तयार छौं, दोस्रो पुस्तालाई नेपालसँग जोड्न आवश्यक छः शेष घले
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)का पूर्व अध्यक्ष शेष घलेले विदेशमा रहेका दोस्रो पुस्तालाई नेपालसँग जोड्न निकै चूनौतीपूर्ण रहेको बताएका छन् ।
मंगलबार एनआरएनएको नवौं विश्वसम्मेलनमा बोल्दै घलेले विदेशी नागरिकता भएका दोस्रो पुस्तालाई नेपालसँग जोड्नका लागि काम गर्नुपर्ने बताए ।
नेपालमा लगानीको वातावरण रहेको बताउँदै सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपाली अभियानमा सहयोग गर्न आफूहरु तयार रहेको बताए । एनआरएनएले लिएको भिजन २०२० को लक्ष्य पूरा गर्न आफैमा कठीन रहेको बताए ।
उनले एनआरएनएको नेपालमा लगानी नाफामूलकभन्दा बढी भावानात्मक भएको भन्दै नेपालको विकासका लागि आवश्यक ठूलो पूँजी ल्याउन एनआरएनए तयार रहेको बताए ।