यी हुन् एनआरएनए अध्यक्ष भवन भट्टको कार्यकालमा भएका काम (सूचिसहित)



काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्वसम्मेलन यतिबेला राजधानी काठमाडौंमा सुरु हुने अन्तिम तयारीमा छ । झण्डै ४० लाख विदेशमा रहेका नेपालीको नेतृत्व पदका लागि कुमार पन्त र कुल आचार्य निर्वाचनमा होमिएका छन् ।

आठौं विश्वसम्मेलनबाट निर्वाचित भएका भुवन भट्टले आफ्नो २ वर्षे कार्यकालबाट बिदाइ हुँदै गर्दा आफूले गरेका काम सार्वजनिक गरेका छन् ।

जसमा भूकम्पबाट ध्वस्त भएको गोखरामा एकीकृत लाप्राक नमूना बस्ती निर्माणदेखि पर्यटन प्रबद्र्धनसम्मका उपलब्धी समावेश गरिएको छ ।

१) एकीकृत लाप्राक नमूना बस्ती निर्माण सम्पन्न भइ हस्तान्तरणको चरणमा

२) एनआरएनए केन्द्रीय सचिवालयको आफ्नै भवन निर्माण सम्पन्न

३) एनआरएनए शंखमूलघाट उद्यानको निर्माण सम्पन्न

४) एतिहासिक सिन्धुलिगढीको पुर्ननिर्माण सम्बन्धि मास्टरप्लान तयार

५) नेपाल पत्रकार माहासंघमा ई–लाइब्रेरी स्थापना

६) प्रथम पटक गैरआवासीय नेपली संघ सहभागी भएको ८ औ राष्ट्रिय खेलकुदमा ६ स्वर्ण सहित १४ पदक प्राप्त

७)  प्रधानमन्त्रीको राजकीय भ्रमणदलमा सहभागि (भारत तथा चीन)

८) पहिलो विश्व बौद्धिक सम्मेलनबाट नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई)को स्थापना

९) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सफाई अभियान

१०) एकदिने एकदान अभियान

११) अतिथि देवोभवः अभियान

१२) लगानी सम्मेलनको आयोजक कमिटी सदस्य भइ सक्रिय सहभागिता

१३) एनआरएनए कृषि कार्यक्रम

१४) पर्यटन प्रबद्र्धनको शुभारम्भ

१५) उज्यालो नेपाल अभियान

१६) जानकी मन्दिरमा लाइटिङ परियोजना

१७) १०० मिलियन डलर फन्ड स्थापनाका लागि पहल

१८) नेपाल सरकारको साक्षरता अभियानमा सहभागिता भइ नेपालको सबैभन्दा ठूलो राष्ट्रिय झन्डाको झन्डोतोलन

१९) रोड सेफ्टिका आयोजना


क्लिकमान्डु