एनआरएनएको ९ औं विश्व सम्मेलन मंगलबारदेखि, ऐजेण्डा छैन कांग्रेस र कम्युनिष्ट प्रतिस्पर्धा



काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए) को ९ औं विश्व सम्मेलन मंगलबारदेखि काठमाडौैंमा हुने भएको छ ।

एनआरएनएले पत्रकार सम्मेलन गरेर सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ ।

सम्मेलनले दुईवर्षको लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ । सम्मेलनमा ८१ देशका २५ सय प्रतिनिधि सहभागी हुने छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने सम्मेलनको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् ।

अध्यक्षमा पन्त र आचार्यबीच प्रतिस्पर्धा

दुईवर्षे कार्यकालको लागि अध्यक्षमा वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले चुनावी प्रतिस्पर्धा गर्ने छन् ।

यो पटकको निर्वाचनमा भने राजनीतिक रुपमा नै कित्ताकाट देखिएको छ ।

पन्तलाई नेपाल कम्युनिष्ट पार्टीले समर्थन गरेको छ । केही कांग्रेस नेताको व्यक्तिगत रुपमा पनि समर्थन पन्तलाई रहेको छ ।
आचार्यको पक्षमा भने खुलेर नै कांग्रेसले समर्थन गरेको छ ।

पूर्व अध्यक्षहरुमा जीवा लामिछानेको समर्थन पन्तलाई रहेको छ भने अन्य पूर्व अध्यक्षहरु भने अहिलेसम्म खुलेका छैनन् ।

यो पटकको निर्वाचनमा प्यानल गत रुपमा नै निर्वाचनको प्रतिस्पर्धा हुने देखिएको छ ।

पन्त र आचार्यबीच प्यानल बनाएर नै प्रतिस्पर्धा हुने देखिएको छ ।


क्लिकमान्डु