सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा कसले कमाए, गुमाए ?



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से मापन गर्ने सूचक १२.०५ अंकले घटेर परिसूचक ११३६.९६ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.७६ बिन्दुले घटेर २४९.१७ बिन्दुमा रोकिएको छ ।

१५४ कम्पनीको ८ लाख ३३ हजार ७५३ कित्ता सेयर २१ करोड ८६ लाख ३५ हजार ६९१ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा १२ वटा समूहको कारोबारमा म्युचुअल फण्डमा समूहको उपसूचक बाहेक सबैमा गिरावट आएको छ । बैंकिङ समूहको १३.४५, होटल ५३.६६, डेभलपमेन्ट बैंक ११.४३, निर्जीबन बीमा ४९.५३, जीवन बीमा १३.८५, माइक्रोफाइनान्स समूहको १३.८५ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा प्रभु बैंक अग्रस्थानमा रहेको छ । बैंकको २ करोड ६५ लाख ७३ हजार १२५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः सिद्धार्थ बैंक र नबिल बैंक रहेको छ ।

यो दिनको कारोबारमा राधी विद्युत कम्पनी, जलविद्युत विकास कम्पनी, सिटी एक्सप्रेस फाइनान्स, सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने सिनर्जी पावर डेभलपमेन्ट, अरुण कावेली, सानिमा माइ हाईड्रोपावर, गुडवील फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु