दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्कीए चिनियाँ राष्ट्रपति सी चिनफिङ



काठमाडौं । दुई दिने राजकीय भ्रमणमा नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वेदश फर्किएका छन् ।

नेपालमा लगभग २२ घन्टा बसेर राष्ट्रपति एयर चाइनाको विशेष बिमानबाट स्वेदश फर्केका हुन् । राष्ट्रपति सी लाई नेपालकी समकक्षी विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थिती रहेको थियो ।

राष्ट्रपति सीलाई विशेष सांस्कृतिक कार्यक्रम सहित बिदाइ गरिएको छ । बिदाइका क्रममा विभिन्न भेषभुषामा विविधि सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको छ । भ्रमणको क्रममा चीनले ५६ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

सीको भ्रमणका क्रममा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ ।


क्लिकमान्डु