नेपाल र चीनबीच उच्चस्तरीय भेटवार्ता हुँदै, १७ वटा सम्झौतामा हस्ताक्षर हुने



काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उच्चस्तरिय नेताहरुले भेटवार्ता गरेका छन् ।

आइतबार बिहान नेकपाका सचिवालयका शीर्षस्थ नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, ईश्वर पोखरेल, विष्णु पौडेल र नारायणकाजी श्रेष्ठले सीसँग संयुक्त रुपमा भेटवार्ता गरेका हुन् ।

साथै, आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कंडेल, विभिन्न मन्त्री तथा मन्त्रालयका सचिवसहित प्रतिनिधि मण्डलका उच्चस्तरीय अधिकारीहरु बीच भेटवार्ता हुने कार्यक्रम छ ।
भेटवार्तामा १५ वटा सम्झौतामा हस्ताक्षर हुनेछ । वार्ताको नेतृत्व नेपालबाट प्रधानमन्त्री ओली र चीनबाट राष्ट्रपति सीले गर्नेछन् ।


क्लिकमान्डु