अध्यक्ष खनालको निधनपछि स्वेता सेक्युरिटिज तीन दिन बन्द



काठमाडौं । स्वेता सेक्युरिटिज प्रालि तीन दिन बन्द हुने भएको छ ।

दोस्रो बजारको पहिलो महिला धितोपत्र व्यवसायी तथा स्वेता सेक्युरिटिज प्रालिकी अध्यक्ष सूचिता खनालको असोज २१ गते निधन भएकोले तीन दिन बन्द हुने भएको हो ।

स्वेता सेक्युरिटिजले नेप्सेलाई गराएको जानकारी अनुसार असोज २३, २४ र २६ गते तीन कार्य दिनको लागि बन्द हुने जानकारी गराइएको छ ।


क्लिकमान्डु