कर चुक्ताको प्रमाणपत्र लिन अब कर कार्यालय जानु नपर्ने, अनलाइन मार्फत लिन सकिने



काठमाडौं । अबदेखि कर चुक्ताको प्रमाणपत्र अनलाइन मार्फत लिन सकिने भएको छ । आन्तरिक राजस्व विभागले कर चुक्ताको प्रमाणपत्र अनलाइन मार्फत लिन सकिने व्यवस्था गरेको हो ।

विभागले पहिलो चरणमा २० लाखसम्मको कारोबार हुने र्फम तथा कम्पनीको लागि अनलाइन मार्फत कर चुक्ताको प्रमाणपत्र लिन सकिने व्यवस्था गरेको हो ।

आन्तरिक राजस्व विभागका महानिर्देशक बिनोद कुँवरले अनलाइन मार्फत कर चुक्ताको प्रमाणपत्र लिन सकिने व्यवस्था कार्यान्वयनमा ल्याइएको बताए ।

‘करदाताले अनलाइनमा नै आफ्नो विवरण पेश गर्ने र अनलाइन मार्फत नै कर चुक्ताको प्रमाणपत्र लिन सकिने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ’,विभागका महानिर्देशक कुँवरले क्लिकमाण्डूसँग भने ।

आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्रमा पूर्ण लेखापरिक्षण गरेर कर चुक्ताको प्रमाणपत्र लिनुपर्ने व्यवस्था छ । करचुक्ताको प्रमाणपत्र नभएमा त्यो कम्पनी तथा फर्मलाई नयाँ ऋण दिने लगायतका सुविधा नपाउने व्यवस्था छ ।


क्लिकमान्डु