पूर्वराजा ज्ञानेन्द्र शाहले कसरी मनाउँदैछन् दशैं ? यस्तो छ तालिका



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको बडादशैंको तालिका सार्वजानिक भएको छ । निजी सचिवालयले दिएको जानकारी अनुसार पूर्वराजाले बडादशैंको अवसरमा महाअष्टमीका दिन आइतबार अपरान्ह उपत्यकाका शक्ति पीठहरूको दर्शन गर्ने कार्यक्रम छ ।

त्यसैगरी, नक्साल भगवती, गुह्यश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, संकटा, नरदेवी, रक्तकाली, शोभा भगवती र ईन्द्रायणीको दर्शन गर्ने कार्यक्रम छ ।

त्यस्तै पूर्वराजाले विजया दशमीको दिन इच्छुकलाई टीकासमेत लगाइदिने भएका छन् । मंगलबार अपरान्ह ४ बजेपछि उनले दशैंको टीका लगाइदिने कार्यक्रम छ ।


पुष्प दुलाल