उपनिर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन

क्लिकमान्डु २०७६ असोज १७ गते २१:०९ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री खगराज अधिकारीले कास्की निर्वाचन क्षेत्र नं २ मा मङ्सिरमा हुने उपनिर्वाचनमा परिणाम प्राप्त गर्ने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा १७ द्वारा आज आयोजित विजयादशमीको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रममा उहाँले मुलुकको समृद्धिका लागि तीनवटै सरकार क्रियाशील रहेको बताउनुभयो । नेकपा गण्डकी प्रदेश सहइञ्चार्जसमेत रहनुभएका अधिकारीले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका अधुरा सपना पूरा गर्न सङ्गठित भएर लाग्न कार्यकर्तालाई आग्रह गरे ।

नेकपा केन्द्रीय सदस्य राजकाजी गुरुङले जनप्रतिनिधि जनभावनाअनुसार काम गर्नुपर्नेमा जोड दिँदै त्यसले मुलुकसँगै पार्टीलाई समेत बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले कास्की निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनमा स्थानीय पार्टी कार्यकर्ता र जनभावनाअनुसार उम्मेदवारको सिफारिस गर्ने जानकारी दिए ।

नेकपा–१७ का अध्यक्ष सुभाष ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष तीर्थ अधिकारी, पार्टी सचिव ईश्वरी लम्साल र सदस्य लालबहादुर रानालगायतले चार्डपर्वले संस्कृतिको संरक्षण गर्दै आपसी सदभाव कायम गर्न सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स