दशैं अघिको कारोबारमा सेयर बजार हरियो, कारोबार रकममा आएन उत्साह



काठमाडौं । यो वर्षमा दशैं अघिको सेयर कारोबारमा कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से मापन गर्ने सूचक ८.६९ अंकले बढेर ११४९.४० बिन्दुमा रोकिएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.१९ अंकले बढेर २५१.९७ बिन्दुमा रोकिएको छ ।
१५३ कम्पनीको ६ लाख ४७ हजार ५६२ कित्ता सेयर १७ करोड ६६ लाख ३३ हजार ५१४ रुपैयाँमा सेयर किनबेच भएको छ ।

११ समूहको कारोबारमा बैंकिङ समूह ६.१५, होटल २२.४६, विकास बैंक १३.०४, जलविद्युत ७.६८, निर्जीबन बीमा कम्पनी ३९.८, उत्पादन तथा प्रशोधन ८३.१५, जीवन बीमा ४९.५१ र माइक्रोफाइनान्स समूहको उपसूचक १४.२४ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा सोल्टि होटल अग्रस्थानमा रहेको छ । सोल्टिको ३ करोड १३ लाख ९९ हजार २० रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः सिद्धार्थ बैंक र शिवम सिमेन्ट रहेका छन् ।


क्लिकमान्डु