चार वाणिज्य बैंकले सार्वजनिक गरे नयाँ ब्यादजर, कस्को कति ?



काठमाडौं । चार वटा वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । एनएमबि बैंक, जनता बैंक, मेगा बैंक, प्रभु बैंकले ब्याजदर सार्वजनिक गरेका हुन् ।

एनएमबि बैंकले ब्याजदरमा मुद्दति निक्षेपमा संस्थागततर्फ ८.५० र व्यक्तिगततर्फ ९.२५ प्रतिशत छ । त्यस्तै बचततर्फ ६.५० प्रतिशत छ । बैंकहरुले बचत खाता पनि विभिन्न खालका सञ्चालनमा ल्याएका छन् । जसमा एनएमबी बैंकले ३५ वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।

ती बचत खातामा सबैभन्दा बढी ब्याज ६.५० प्रतिशत छ भने सबैभन्दा कम ०.२५ प्रतिशत छ ।

बैंकले बचतको मात्रै नभएर कर्जाको पनि ब्याजदर सार्वजनिक गरेको छ । बैंकबाट कर्जा लिँदा १८.२ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकबाट होम लोन, अटो लोन, एजुकेशन लोन, मोटरबाइक लोन, सेयर धितो लोन लिँदा १८.२ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

त्यस्तै, जनता बैंकले पनि ब्याजदर सार्वजनिक गरेको छ । बैंकको पनि मुद्धति निक्षेपमा संस्थागततर्फ ८.५० र व्यक्तिगततर्फ ९.२५ प्रतिशत छ । त्यस्तै बचततर्फ सबैभन्दा बढी ६.५० र कम ५ प्रतिशत छ । बैंकहरुले यतिबेला २० वटा बचत खाता सञ्चालनमा ल्याएको जनाएको छ ।

बैंकले कर्जाको पनि ब्याजदर सार्वजनिक गरेको छ । बैंकको कर्जातर्फ सबैभन्दा बढी ब्याज १५.९५ प्रतिशत छ । त्यसो त बैंकको असार मसान्तसम्मको आधार दर ९.९५ प्रतिशत छ । बैंकबाट रियल स्टेट, कृषि, होउजिङ, अटो, एजुकेशन, सेयर धितो लगायतका कर्जा लिँदा १५.९५ प्रतिशतसम्म ब्याज लाग्ने बैंकले जनाएको छ ।

बुधबारनै मेगा बैंकले पनि ब्याजदर सार्वजनिक गरेको छ । बैंकको मुद्धति निक्षेपमा संस्थागततर्फ ८.५० र व्यक्तिगततर्फ ९.२५ प्रतिशत छ । त्यस्तै बचततर्फ सबैभन्दा बढी ६.५० र सबैभन्दा कम ०.५० प्रतिशतसम्म छ । बैंकले अहिले २९ वटा बचत खाता सञ्चालनमा रहेको जनाएको छ ।

यहि समयमा बैंकले कर्जातर्फ पनि ब्याजदर सार्वजनिक गरेको छ । भदौ मसान्तसम्मको बैंकको आधार दर १०.०५ प्रतिशत छ । बैंकबाट कर्जा लिँदा १६.०५ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

बैंकबाट ओभरड्राफ्ट, टर्म, हाउजिङ, एजुकेशन, अटो लोन लिँदा १६.०५ प्रतिशत ब्याज लाग्ने छ । यस्तै गोल्ड लोनमा १४.५५, सेयर धितोकर्ता लिँदा १४.५५ प्रतिशत ब्याज लाग्ने बैंकले जनाएको छ ।

बुधबारनै प्रभु बैंकले पनि ब्याजदर सार्वजनिक गरेको छ । बैंकको पनि मुद्धति निक्षेपमा संस्थागततर्फ ८.५० र व्यक्तिगततर्फ ९.२५ प्रतिशत रहेको छ । यस्तै बचततर्फ सबैभन्दा बढी ५ र कम ३ प्रतिशत छ । बैंकले १८ वटा बचत खाता सञ्चालनमा ल्याएको जनाएको छ ।

असार मसान्तसम्म बैंकको आधार मूल्य ९.३६ प्रतिशत छ । यो बैंकबाट कर्जा लिँदा १४.३६ प्रतिशत ब्याज तिर्नुपर्दछ । बैंकबाट सेयर धितोकर्जा, ओभर ड्राफ्ट, अटो, होमलगायतका लोन लिँदा १४.३६ प्रतिशत ब्याज लाग्ने बैंकले जनाएको छ ।


पुष्प दुलाल