सेयर लगानीकर्ताको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भने- यस्तो हुँदापनि मलाई किन नभनेको ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सेयर लगानीकर्ता संघको ज्ञापन-पत्र पढेर निकै गम्भीर बनेका छन् ।

नेपाल पूँजी बजार लगानीकर्ता संघले मंगलबार बुझाएको ज्ञापनपत्र पढेपछि प्रधानमन्त्री ओली गम्भीर बनेका हुन् ।

प्रधानमन्त्रीले ज्ञापनपत्र हेरेपछि सेयर बजार यति गम्भीर अवस्थामा पुग्दा पनि आफूलाई पहिला नै किन जानकारी नगराएको भन्दै प्रश्न गरे ।

प्रधानमन्त्रीलाई उदृत गर्दै संघकी अध्यक्ष राधा पोखरेलले भनिन्, ‘सेयर बजार यस्तो अवस्थामा आइपुग्दा पनि किन पहिला नै नभनेको, तपाईले दिनु भएको ज्ञापनपत्र म पढछु, अनि तपाईलाई यो विषयमा थप छलफल गर्न बोलाउने छु ।’

पोखरेल अध्यक्ष रहेको संघले यसअघि पनि अर्थमन्त्री डा. युवराज खतिवडालाई पटक-पटक भेटेर पुँजी बजारको समस्याका बारेमा जानकारी गराएको थियो । तर अर्थमन्त्री खतिवडाले न त माग सम्बोधन गरे न त बजारको समस्याका बारेमा प्रधानमन्त्रीलाई जानकारी नै दिए ।

अध्यक्ष पोखरेलले लामो समयदेखि प्रधानमन्त्रीलाई भेटेर सेयर बजारमा विषयमा जानकारी गराउन खोजे पनि बल्ल अहिले समय पाएको र पुँजी बजारको समस्या प्रमलाई जानकारी गराउन पाएको बताइन् ।

संस्थागत लगानीकर्ताको न्यूनता र वित्त बजारमा तलरलताको अभावसँगै बढ्दो ब्याजदर र सेयर निष्काशन तथा आपूर्तिमा भएको वृद्धिले अहिले सेयर मूल्य प्रभावित भएको उल्लेख छ ।

नेपालको पूँजी बजार सतहीरुपमा रहनुका साथै यसको दायरा संकुचित भएको र पूँजी बजारमार्फत ठूलो लगानी परिचालन गर्न संस्थागत र नीतिगत सुधारको आवश्यकता देखिएको अध्यक्ष पोखरेलले बताइन् ।

पोखरेल अध्यक्ष रहेको संघले यसअघि पनि अर्थमन्त्री डा. युवराज खतिवडालाई पटक-पटक भेटेर पुँजी बजारको समस्याका बारेमा जानकारी गराएको थियो । तर अर्थमन्त्री खतिवडाले न त माग सम्बोधन गरे न त बजारको समस्याका बारेमा प्रधानमन्त्रीलाई जानकारी नै दिए ।

लगानीकर्ताका अन्य संगठनलाई अर्थमन्त्रीले भेट समेत दिएका छैनन् भने प्रधानमन्त्री भेट्न जाँदा समेत भेट नदिनु भनेर फर्काएका थिए । जसकारण मुलुकको कार्यकारी प्रमुख रहेका प्रधानमन्त्री ओली पुँजी बजारको समस्याका बारेमा बेखबर थिए ।

लगानीकर्ताका माग सुनेर अर्थमन्त्रीले नै समस्याको समाधान गरेका भए लगानीकर्ताहरु प्रधानमन्त्रीकहाँ पुग्नु पर्दैन थियो ।

यस्तो छ संघले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्र

१. सेयर लोनमा लगाइएको चर्काे बैंक ब्याज घटाइनु पर्छ ।

२. सेयर धितो कर्जाको सीमा ६५ प्रतिशतबाट ८० प्रतिशतसम्म पुर्याउनु पर्छ ।

३. सबै लगानीकर्ताको हातमा सर्वसुलभ तरिकाले अनलाइन ट्रेडिङ सिस्टम पुर्याइनु पर्छ ।

४. आर डब्लु एसलाई अँझ व्यापक बनाइनु पर्छ ।

५. सेयर शिक्षा तथा अभर्नेस प्रोग्रामहरु देशब्यापी बनाउनेतर्फ ध्यान दिइनुपर्छ ।

६. बजेटमार्फत् गैरआवासीय नेपाली संघलाई नेपालको पूँजी बजारमा लगानी गर्ने दायरा फराकिलो बनाइन्छ भनिएको छ, त्यसलाई यथाशक्य छिटो कार्यान्वायनमा ल्याइनुपर्छ ।

७. सेयर बजारमा महिला सहभागिता बढाउन घर जग्गा कारोबारमा जसरी छुट दिने व्यवस्था गरिएको छ त्यसैगरी सेयर कारोबारमा पनि महिलालाई छुट दिने व्यवस्था गर्नुपर्छ ।

८. पूँजीबजारमा अधिक सप्लाइ सोस्ने संयन्त्र भएन त्यसैले बजामा रहेका ठूला-ठूला कोषहरू जस्तै (नागरिक लगानीकोष, कर्मचारी संचयकोष र सैनिक कल्याणकारीकोष) लगायतका कोषहरुलाई बजार निर्माताको रुपमा भित्र्याउने व्यवस्था गर्नुपर्छ ।

९. समयमा वर्षिक साधारण सभा नगर्ने कम्पनीका संचालकहरुलाई ऐन नै संशोधन गरी कडा जरिवानाको व्यवस्था गर्नुपर्छ ।

१०. बैंकहरूले लगानीयोग्य पूँजीको कृत्रिम भूत देखाइ बेलाबेलामा सेयर बजारमा चलखेल गर्ने वातावरणको अन्त्य गर्नुपर्छ ।

११. बैंकहरुमा रहेको तरलताको कारण बजारमा नकारात्मक असर परेको छ । त्यसैले बैंकहरुको सी सी डी रेसियो केही समयलाई भने पनि ८५ प्रतिशत गर्नुपर्छ ।

१२. कमर्सियल बैंक, बिकाश बैंक र फाइनान्स कम्पनीलाई २०७७ असार मसान्त सम्मका लागि मात्रै भए पनि कम्तीमा ५ प्रतिशत क्रस होल्डिङको व्यवस्था  गरिनुपर्छ ।

१३. सेयर धितो मूल्यांकनको ८० प्रतिशतसम्म कर्जाको सुनिश्चितताका गर्नुपर्छ ।

१४. जसरी बैंकहरुमा बिग मर्जरको होड चलाइएको छ त्यसैगरी च्याउसरी खोल्न लाइसेन्स बितरण गरिएका लघुवित्तलाई समेत बिग मर्जरमा जान प्रोत्साहित गरिनुपर्छ । नयाँ लाइसेन्स वितरण ठ्याम्मै रोक्नुपर्ने लगायतका माग छन् ।


क्लिकमान्डु