ब्रोकरबाट सुरु भयो मार्जिन कारोबारः क्रिष्टल कञ्चनजंघा सेक्यूरिटीजद्वारा सुरु



काठमाडौं । क्रिष्टल कञ्चनजंघा सेक्यूरिटीजले आफ्ना ग्राहाकका लागि मार्जिन कारोवार सुविधा संचालनमा ल्याउने भएको छ ।

असोज ६ मा बसेको कम्पनीको संचालक समितिले मार्जिन कारोबार सुविधा संचालन सम्बन्धि आन्तरीक कार्यविधि–२०७६ पारीत गरेको अध्यक्ष प्रियराज रेग्मीले बताए ।

कम्पनीलाई मार्जिन कारोबारका लागि नेपाल राष्ट्र बैंकले २०७५ साल चैत्र १४ गते अनुमती दिएको उनको भनाई छ । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)बाट भने उक्त कारोबार संचालनको लागि २०७६ साल असार १२ गते अनुमति पाएको हो ।

धितोपत्र बोर्डबाट सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको धितोपत्र केन्द्रिय निक्षेप सेवा विनियमावली, २०७६ (पाँचौ संशोधन २०७६) संशोधनभई असोज १ बाट लागु भए पछि सेवा संचालनमा ल्याउने बाटो खुलेको अध्यक्ष रेग्मीले बताए ।

‘कम्पनीले उक्त सुविधा संचालनमा ल्याएपछि ग्राहकले यस कम्पनी मार्फत तोकिएका धितोपत्रहरुको मार्जिन राखेर सेयर खरिद गर्न सक्नेछन्’ जारी विज्ञप्तिमा उल्लेख छ । प्रचलित कानूनको अधिनमा रहि धितोपत्र बोर्डको निति निर्देशन र नेप्सेको ‘मार्जिन कारोवार सुविधा सम्बन्धि कार्यबिधि २०७५’ को परिधिभित्र रहेर कम्पनीले आफ्ना ग्राहाकका लागि यो सेवाप्रदान गर्नेछ ।


क्लिकमान्डु