सेयर बजारमा दोहोरो अंकको सुधार कायमै



काठमाडौं । दशैं नजिकीएसँगै सेयर बजारमा दोहोरो अंकको सुधार देखिन थालेको छ । लामो समयदेखि बजारमा गिरावट देखिएपनि मंगलबार भने बजारमा दोहोरो अंकको गिरावट आएको हो ।

यद्यपी सोमबार पनि बजारमा दोहोरो अंकको सुधार देखिएको थियो । मंगलबार नेप्से मापन गर्ने सूचक १०.३१ अंकले बढेर नेप्से मापन गर्ने सूचक ११४५.६९ बिन्दुमा रोकिएको छ ।

मंगलबारको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.१९ अंकले बढेर २५०.२१ बिन्दुमा रोकिएको छ । १६४ कम्पनीको १३ लाख ८६ हजार २८ कित्ता सेयर ३१ करोड १४ लाख ८८ हजार ६५२ रुपैयाँको सेयर किनबेच भएको छ ।

११ वटा समूहको कारोबारमा बैंकिङ समूहको १२.८१, जलविद्युत ५.१८, वित्त ९.६८, निर्जीवन बीमा समूहको उपसूचक ४९.१२, जीवन बीमा समूहको १६.६२ र माइक्रोफाइनान्स समूहको उपसूचक ११.२९ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा नेपाल बंगलादेश बैंकको संस्थापक सेयर कारोबार बढी भएको छ । बैंकको संस्थापक सेयर ७ करोड १ लाख २५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तो दोस्रो र तेस्रो स्थानमा शिवम् सिमेन्ट र नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर रहेको छ ।


क्लिकमान्डु