काठमाडौं आउँदै हुनुहुन्छ ? गाडीभन्दा सस्तो भयो हवाई भाडा, कहाँबाट आउन कति खर्च लाग्छ ?
काठमाडौं । दशैं सुरु भइसकेको छ । राजधानीबाट दशैं मनाउन राजधानीबाट बाहिरिनेहरुको संख्या दिनप्रति दिन बढ्दैछ ।
सामान्य तथ्यांकलाई मान्ने हो भने राजधानीमा बाहिरी जिल्लाबाट आएर बस्नेहरुको संख्या ५० लाखभन्दा बढी छ । यात्रुहरु घटस्थापनाभन्दा १/२ दिन अघि नै राजधानी छाड्न सुरु गरिसकेका छन् ।
यतिसम्म कि सोह्र श्राद्ध नसकिँदै राजधानी छाड्ने यात्रुको संख्याले सवारीको चाप बढी हुँदा नागढुंगा–नौबीसे सडक खण्डमा ठूलो जाम नै पर्यो ।
यात्रुहरु १० घण्टासम्म जाममा परेको समाचारले सरकारको चर्को आलोचना समेत भयो । त्यसैले यात्रुहरुले घरसम्म पुग्न सहज यात्राका लागि अहिले हवाई यात्रालाई रोज्न थालेका छन् ।
राजधानीबाट बाहिरिनेहरुले हवाई यात्रा रोज्न थालेपछि वायू सेवा कम्पनीहरुले पनि उडानहरु थप गरेका छन् भने हवाई यात्रा गर्ने यात्रुको संख्या पनि निकै बढेको छ ।
बुद्ध एयरका अनुसार गत सेप्टेम्बर २६ मा कम्पनीले अहिलेसम्मकै सबैभन्दा बढी एक दिनमा ५५९२ जना यात्रुलाई उडान गराएको जानकारी दिएको छ ।
घटस्थापनाको तेस्रो दिन असोज १४ गते बाहिरी जिल्लाबाट काठमाडौं भित्रनका लागि वायू सेवा कम्पनीहरुले अधिकांश ठाउँबाट आउनका लागि गाडी भाडाभन्दा पनि सस्तो दरमा टिकट उपलब्ध गराएका छन् ।
राजधानी बाहिरिनेहरुको चाप र भित्रनेहरुको चाप कम भएकाले वायू सेवा कम्पनीहरुले सस्तो दरका टिकट बिक्री गरिरहेको छ ।
ई-सेवाबाट टिकट काट्दा क्यास ब्याक समेत पाइने भएकाले यात्रुलाई तय गरिएको टिकट दरभन्दा अझ बढी सस्तो पर्ने देखिएको छ ।
कहाँबाट कति लाग्छ भाडा
गन्तव्य भाडा नगद फिर्ता
विराटनगर-काठमाडौं २०००/- ८०/-
भैरहवा-काठमाडौं २२००/- ८०/-
धनगढी-काठमाडौं ३६००/- १२०/-
नेपालगञ्ज-काठमाडौं २८००/- ८०/-
भद्रपुर-काठमाडौं २२००/- ८०/-
भरतपुर-काठमाडौं ३३५०/- ८१.२/-
जनकपुर-काठमाडौं २०००/- ८०/-
सिमरा-काठमाडौं ३१२०/- १०० /-
सुर्खेत-काठमाडौं ७७३०/- ८७.३/-
पोखरा-काठमाडौं ३०००/- ८०/-
माथि उल्लेखित टिकट दर ई–सेवाबाट लिइएको हो ।