सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम झनै निराशाजनक



काठमाडौं । निकै समयदेखि ओरालो लागेको सेयर बजारमा सोमबार भने दोहोरो अंकले सुधार आएको छ । नेप्से मापन गर्ने सूचक १०.४२ अंकले बढेर ११३५.५६ बिन्दुमा रोकिएको छ ।

१५७ कम्पनीको ६ लाख ३३ हजार ९५१ कित्ता सेयर १६ करोड ८८ लाख २८ हजार ९२३ रुपैयाँको सेयर किनबेच भएको छ । सेयर बजारमा सुधार आएपनि कारोबार रकममा भने निकै गिरावट देखिएको छ ।

११ वटा उप समूहको कारोबारमा बैंकिङ समूहको उपसूचक ९.८१, होटल ४९.०२, जलविद्युत २०.१८, निर्जीबन बीमा समूहको ६६.८९, जीवन बीमा समूहको उपसूचक ७१.८६ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा सनराइज बैंक अग्रस्थानमा रहेको छ । सनराइज बैंकको २ करोड १३ लाख ६० हजार २६५ रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रभु बैंक र नेपाल बैंक रहेका छन् ।

कारोबारमा यूनियन हाईड्रोपावर पावर, सान्जेन जलविद्युत कम्पनी, तिनाहु मिसन डेभलपमेन्ट बैंकका सेयर लगानीकर्ताले कमाएका छन भने माउन्टेन हाईड्रो नेपाल, आँखुखोला जलविद्युत कम्पनी, सानिमा बैंक, मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु