फोटो र भिडियोमा हेर्नुहोस् दशैंमा घर जाने यात्रुहरूको भीड




काठमाडौं । हिन्दु धर्माबलम्बीहरुको महान चाड दशैं मनाउन घर जानेहरुको भीड अत्याधिक बढेको छ । स्वदेश तथा विदेशमा काम गर्ने नेपालीहरु दशै मनाउन यतिबेला धमाधम आफ्नो जन्मठाउँ फर्कने क्रम जारी छ ।

दशैंलाई मध्यनजर गरेर सरकार र यातायात व्यवसायीहरुले अग्रिम टिकट बुकिङ खुलाएका छन् । टिकट लिन यात्रुहरु नयाँ वसपार्कमा घण्टौ लाइनमा बस्न बाध्य छन् ।

यात्रुहरुको सहज यात्राका लागि यातायातको राम्रो व्यवस्था मिलाएको यातायात व्यवसायीहरुको दाबी छ तर यात्रुहरुको भने टिकट पाउन निकै दुख हुने गरेको गुनासो छ ।

कस्तो छ त काठमाडौस्थित नयाँ वसपार्कको हालको अवस्था ? हेर्नुहोस फोटो र भिडियो


क्लिकमान्डु