सिद्धार्थ बैंकको नयाँ ब्याजदर, निक्षेपमा कति कर्जामा कति ?



काठमाडौं । सिद्धार्थ बैंकको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ९.२५ र व्यक्तिगत तर्फ ८.५ प्रतिशत रहेको छ ।

यस्तै बचतमा सबै भन्दा बढी ६.५ र सबै भन्दा कम ५.५ प्रतिशत रहेको छ । बैंकले बचत तर्फ १६ वटा खाता सञ्चालनमा ल्याएको छ । बैंकले असार मसान्तसम्मको आधार मूल्य पनि सार्वजनिक गरेको छ ।

बैंकको असार मसान्तसम्मको आधार मुल्य १०.५७ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिनु पर्यो भने १६ प्रतिशतसम्म ब्याज तिर्नुपर्छ ।

बैंकबाट ओभरड्राफ्ट कर्जा लिँदा, सेयर धिर्ता कर्जा लिँदा सबै भन्दा बढी ब्याज लाग्ने छ । यस्तो लोन लिँदा १६.५७ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकबाट होम लोन लिँदा १५.५७, अटो लोन लिँदा १५.५७, एजुकेशन लोन लिँदा १६.०७, प्रतिशत ब्याज लाग्ने बैंकले जनाएको छ ।


क्लिकमान्डु