मार्जिन कारोबार तत्काल सञ्चालनमा ल्याउन ब्रोकरलाई नेप्सेको निर्देशन




काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबार तत्काल सञ्चालनमा ल्याउन धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी) हरुलाई निर्देशन दिएको छ ।

नेप्सेद्धारा मार्जिन कारोबार सञ्चालनको लाइसेन्स पाएका २१ वटा ब्रोकरहरुलाई नेप्सेले मार्जिन कारोबारको तत्कालै शुरु गर्न निर्देशन दिएको हो ।

गते असोज १ गते धितोपत्र बोर्डले नेप्सेलाई परिपत्र जारी गर्दै मार्जिन कारोबार सुविधा कार्यान्वयनमा ल्याउन निर्देशन दिएको १० दिन पश्चात नेप्सेले अनुमति प्राप्त ब्रोकर कम्पनीहरुलाई मार्जिन कारोबार सुविधा सञ्चालनमा ल्याउन निर्देशन दिएको हो ।

मार्जिन कारोबार सञ्चालन गर्न अनुमति पाएका ब्रोकर कम्पनी

मार्जिन कारोबार सुविधा उपलब्ध गराउन अनुमति पाएका ब्रोकर कम्पनीहरुमा क्रिस्टल कञ्चनजंगा सेक्युरिटिज (५०), भिजन सेक्युरिटिज (३४), नेपाल स्टक हाउस (१४), सेक्युर्ड सेक्युरिटिज (३६), श्री कृष्ण सेक्युरिटिज (२८), प्राइमो सेक्युरिटिज (१६), कोहिनुर सेक्युरिटिज (३५), दिपशिखा सेक्युरिटिज (३८), सुन्धारा सेक्युरिटिज (५२), प्रज्ञान सेक्युरिटिज ((१०), नासा सेक्युरिटिज (५८), सुमेरू सेक्यूरिटिज (३९), आर्यातारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (५७), इम्पेरियल सेक्यूरिटिज (४५), दिव्या सेक्यूरिटिज एण्ड स्टक हाउस (५९) डाइनामिक मनि मेनेजर्स सेक्युरिटिज (४४), दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (३३), स्वेता सेक्युरिटिज (२५), निभ सेक्युरिटिज (४७), सिप्रवी सेक्युरिटिज (२२) र अनलाईन सेक्युरिटिज (४९) ले मार्जिन सेवा उपलब्ध गराउनका लागि अनुमति पाएका छन् ।


क्लिकमान्डु