दशैं विदामा पनि खुल्छन् प्रभु बैंकका यी २४ शाखा (सूचिसहित)



काठमाडौं । ग्राहकको सेवालाई मध्यनजर गर्दै प्रभु बैंकले विभिन्न २४ वटा शाखा दशैं विदामा पनि सञ्चालनमा ल्याउने भएको छ । बैंकले दशैं विदामा सञ्चालन हुने शाखाहरुको सूची सार्वजानिक गरेको छ ।

दशैं विदाको समयमा पनि काठमाडौं उत्पत्यका भित्र ९ वटा र उपत्यका बाहिरका १५ वटासहित शाखा कार्यालय खुल्ने बैंकले जनाएको छ ।

बैंकको अनुसार दशैंको समयमा उपत्यका भित्रका मुख्य कार्यालय बबरमहल, कमलादी, जावलाखेल, गंगबु चोक, खिचापोखरी न्यूरोड, सुर्यविनायक, कोटेश्वर भाटभटेनि, कालीमाटी र बौद्धमा रहेका शाखा कार्यालय सञ्चालनमा आउने भएका छन् ।

यस्तै उपत्यका बाहिर जनकपुर, इटहरी, नारायणगढ, दमक, धरान, सिरहा, बुटवल, भैरहवा, न्यूरोड पोखरा, नेपालगञ्ज, कलैया, विरगञ्ज, विराटनगर, बाग्लुङ र धनगढी रहेका छन् । बैंकका अनुसार असोज २१ गते दशैंको दिन भने ३६५ दिने बैंकिङ सेवा बन्द हुनेछ ।

यो अवधिमा खुलेका बैंकहरुमा निक्षेप जम्मा गर्न, दैनिक बढीमा १ लाख रुपैयाँसम्म चेक भुक्तानी गर्न र ५० हजार रुपैयाँसम्म रेमिट्यान्सको कारोबार गर्न सकिने बैंकले जनाएको छ ।


क्लिकमान्डु