अर्थमन्त्री सेयर बजारमा लगानी पटक-पटक आग्रह गर्दै, बजारमा निरन्तर गिरावट



काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले सेयर बजारमा लगानीगर्ने बेला यहि हो लगानी गर्नु भनेर पटक-पटक आग्रह गरेपनि सेयर बजारमा भने गिरावट आइरहेको छ ।

बिहीबार पनि मन्त्री खतिवडाले रुपन्देहिको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानीसम्मेलनमा बजारमा धेरै साधारण सेयर आईपीओहरु आएको र ति सबै ओभर सब्सक्राइबर भइरहेको बताएका छन् ।

उनले अहिले सेयर बजारमा लगानी गर्नेहरुको लागि राम्रो अवसर रहेको बताए । उनले लगानीकर्तालाई लगानीगर्न पटक पटक आग्रह गरेपनि बजारमा आउने गिरावट भने घटेको छैन । बिहीबार नेप्से मापन गर्ने सूचक १.७३ प्रतिशतले घटेर ११२९.८० बिन्दुमा रोकिएको छ ।

१६८ कम्पनीको ७ लाख ९९ हजार १२८ कित्ता सेयर २१ करोड २५ लाख ४१ हजार ३५२ रुपैयाँको सेयर किनबेच भएको छ । १२ वटा समूहको कारोबारमा बैंकिङ समूहको १.७५, निर्जीबन बीमा समूहको १३.६३, उत्पादन तथा प्रशोधन ९.९४, माइक्रोफाइनान्स ४.७३ अंकले घटेको छ भने जीवन बीमा समूहको उपसूचक ६.२७ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा माच्छापुच्छे« बैंक अग्रस्थानमा रहेको छ । बैंकको १ करोड ९४ लाख ६१ हजार ९५५ रुपैयाँको कारोबार भएको छ । यस्तै सानिमा र प्रभु बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

सेयर बजारमा भएको कारोबारमा सिनर्जी पावर डेभलपमेन्ट, गोर्खाज फाइनान्स, हिमालय उर्जा विकास कम्पनी, नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले कमाएका छन भने जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, बिशाल बजार कम्पनी, विजय लघुवित्त वित्तीए संस्था, आरएमडिसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु