अर्थमन्त्रीले भने- सेयर बजारमा लगानीकर्ताको आकर्षण कायमै छ, लगानी गर्नुहोस्



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा लगानी गर्ने यो उपयुक्त समय भएको प्रतिकृया दिएका छन् ।

रुपन्देहिको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानीसम्मेलनमा मन्त्री डा. खतिवडाले सेयर बजारमा लगानीकर्ताको आकर्षण कायमै रहेको भन्दै लगानी गर्न सबैलाई आग्रह गरेका छन् ।

उनले भने ‘बजारमा धेरै साधारण सेयर आईपीओहरु आएका छन्, ति कुनै पनि नबिकेको भन्ने छैन सबै ओभर सब्सक्राइबर भइरहेका छन्, यसर्थ बजारमा लगानी गर्ने राम्रो अवसर अहिले हो ।’

कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले सेयर बजारमा लगानीको बाताबरण बन्नका लागि बोलेर भन्दा पनि ऐन कानून बनाएर हुने तर्क गरे । उनले भने ‘सेयर बजारको लागि आवश्यक ऐन कानून बनेका छन्, लगानीको लागि कुनै पनि कानूनी जटिलता छैन ।’

उनले अहिले बजारमा लगानीक गर्ने समय भएको बताए । मन्त्री खतिवडाले नेपालमा लगानीको लागि एकद्वार प्रणाली लागु भएको पनि उल्लेख गरे । उनले विश्वमा भएका लगानीकर्तालाई लगानीको लागि आवहन गरेको पनि उल्लेख गरे । नेपालमा विगत २ वर्ष यता मजदुरहरुले कुनै पनि बन्द हडताल नगरेको कारण लगानीगर्न उपयुक्त समय रहेको तर्क गरे ।

अहिले सरकार साझा अर्थतन्त्र निर्माणमा लागेकोले यसको लागि स्थानीय तह, प्रदेश र संघको समान भूमिका आवश्यक रहेको धारणा राखे ।

यस्ता सम्मेलनले नेपालमा लगानी भित्र्याउनुको साथै नीति निर्माणमा पनि त्यतिकै भूमिका खेल्ने मन्त्री डा.खतिवडाको भनाई छ । उनले लगानीको लागि सरकारले जमिनको अभाव हुन नदिने समेत दाबी गरे ।


क्लिकमान्डु