मेगा बैंकले लगानीकर्तालाई दिने भयो ११.७५ प्रतिशत लाभांश



काठमाडौं । मेगा बैंकले सेयर लगानीकर्ताको लागि ११.७५ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकको बुधबार बसेको सञ्चालक समितिको २६२ औं बैंठकले बैंकको वितरणयोग्य अन्य कोषबाट हाल कायम रहेको १० अर्ब ३८ करोड ८६ लाख २१ हजार ४५३ रुपैयाँ चुक्ता पुँजीबाट ११.७५ प्रतिशत लाभांश बाँडन लागेको छ ।

बैंकले त्यसको लागि भन्दै १ अर्ब २२ करोड ६ लाख ६३ हजार २० रुपैयाँ छुट्याएको छ । बैंकको लगानीकर्तालाई लाभांश दिने प्रस्तावलाई राष्ट्र बैंकले स्विकृती र आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।


क्लिकमान्डु