नेप्सेको वेवसाइटमा समस्या, लगानीकर्ताले कारोबारको विवरण हेर्न पाएनन्
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेवसाइटमा समस्या देखिएको छ । नयाँ वेवसाईट चलेको भएतापनि पुरानो भने खुल्दै बन्द हुँदै भइरहेको छ ।
टेड्रिङ भइरहेको तर डाटा लोड नभएको कारण पुरानो वेवसाइटमा समस्या देखिएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले क्लिकमाण्डुलाई जानकारी दिए ।
‘सिस्टममा समस्या होइन, डाटा लोड हुनमात्र केही समस्या भएको हो’ उनले भने ‘ हाम्रो प्रविधिक टोलीले चेक गरिरहेका छन् के भएर समस्या देखिएको हो अहिले नै थाहा भएको छैन्’ ।
बुधबार नेप्सेको वेवसाईटमा कारोबार शुरु भएको केही समयपछि नै पुरानो वेवसाईटबाट लगानीकर्ताहरुले कारोबारको विवरण हेर्न पाएका थिएनन् ।