समता लघुवित्त वित्तीय संस्थाले हकप्रद जारी गर्ने



काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले १ः२ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । समताले १२ करोड १३ लाख ४४ हजार रुपैयाँ बराबरको १२ लाख १३ हजार ४४० कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।

उक्त हकप्रदमा लगानीकर्ताले प्रति कित्ता १ सय रुपैयाँको दरले असोज २६ गतेदेखि मंसिर १ गतेसम्म आवेदन दिन सक्नेछन् । हाल ६ करोड ६ लाख ७२ हजार रुपैयाँ चुक्ता पूँजी रहेको समताको निष्काशन पछि चुक्ता पुँजी १८ करोड २० लाख १६ हजार रुपैयाँ पुग्नेछ ।

हकप्रदा निष्काशनको लागि भन्दै भदौ ३१ गते सेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) भइसकेको छ । भदौ ३० गतेसम्म कायम रहेका सेयरधनीले उक्त हकप्रदमा आवेदनल दिनको लागि धितोपत्र बोर्डबाट आश्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तिनको शाखा तथा मेरो सेयर सफ्टवेयरबाट आवेदन दिन सक्नेछन् । समताको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ ।


क्लिकमान्डु