‘सनराइज फस्र्ट म्युचुअल फण्ड’ १० वर्षे बन्दमुखी योजना सार्वजनिक



काठमाडौं । सनराइज बैंकद्वारा प्रवद्र्धन गरिएकोे ‘सनराइज फस्र्ट म्युचुअल फण्ड’ १० वर्षे बन्दमुखी योजनाको ल्याएको छ ।

१० अकिंत दरको १० करोड इकाई मध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख रुपैयाँ इकाई कोष प्रबद्र्धक बैंकले बिक्री गर्ने भएको छ । यस्तै बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि रहेको छ । उक्त इकाई असोज ८ गते बुधबार देखि सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला हुने भएको छ ।

योजना ब्यवस्थापन गर्ने सनराइज क्यापिटलले केयर रेटिङ्ग बाट एएमसी ३ रेटिङ्ग पाएको छ । सनराइज फस्र्ट म्युचुअल फण्डको प्रक्षेपित औषत वार्षिक प्रतिफल २४.२९ प्रतिशत र औषत वार्षिक लाभांश १४ प्रतिशत रहेको छ ।

सेयर बजारमा हुने उतार चढावबाट सिर्जना हुने जोखिमको न्युनिकरणको लागि सामूहिक लगानी कोषको योजनामा लगानी गर्नु उचित रहने योजना ब्यवस्थापकको धारणा रहेको छ । व्यक्तिहरु एवं विभिन्न संस्थाहरुले यस योजनाको इकाईमा लगानी गरि धितोपत्र बजारबाट प्राप्त हुने लाभ लिन सकिने छ । निष्काशन गरिएको इकाईहरु बाँडफाँड गरे पश्चात दोश्रो बजारमा कारोबारको लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडममा सूचिकृत तथा सि.डि.एस. एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गरी कारोबार गर्ने ब्यवस्था गरिने छ ।

यस योजनाको इकाई मा आवेदन गर्नका लागिे आफ्नो खाता रहेको बैंक वित्तीय संस्थाबाट आस्वा प्रणाली अन्तर्गत साथै मेरो शेयर अनलाइल प्रणाली मार्फत आवेदन दिन सकिने ब्यवस्था छ । उक्त निष्काशनमा आवेदन दिन इच्छुक सर्वसाधारण तथा संघ संस्थाहरुले आश्विन ८ गते देखि कात्तिक ७ गते सम्म आवेदन दिने ब्यवस्था गरिएकोे छ ।


क्लिकमान्डु