नबिल, चाटर्ड, एभरेष्ट र इन्भेष्टमेन्ट बैंकबाट कति आउला लाभांश ? यस्तो छ विवरण



काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी छ । यो क्रममा लगानीकर्ताले कुनै पनि कम्पनीको लाभांश दिने सक्ने क्षमतालाई पनि हेर्ने गरेको हुन्छ ।

अहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत हुने कम्पनीहरुले लाभांश घोषणा गर्ने, साधारण सभाको समय तोक्ने, सेयर दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने क्रम पनि बढी नै रहेको छ ।

अहिले केही कम्पनीहरुले दशैं अघि नै लाभांश दिने तयारी समेत गरिसकेका छन् । त्यस्ता कम्पनीले लगानीकर्तालाई दशंैं अघि नै लाभांश दिँदा लगानीकर्ता समेत हर्षित भएका छन् ।

यता लगानीकर्ताको ध्यान जाने बैंकहरुमा नबिल, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक र स्टयान्र्डड चार्टर्ड बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई राम्रो लाभांश दिने क्षमता रहेका छन् ।

बैंकहरुले गत आवको चौथो त्रैमासमा सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नबिल बैंकको लगानीकर्तालाई लाभांश दिने सक्ने क्षमता ३५.३३ प्रतिशत रहेको छ ।

बैंकको लाभांश दिने क्षमता ३५.३३ प्रतिशत रहेपनि अहिलेसम्म घोषणा भने भएको छैन । बैंकले लाभांशको घोषणा गरेको छैन भने साधारण सभाको मितिसमेत घोषणा गरेको छैन । यो बैंकले लगानीकर्तालाई दशैं अघि लाभांश दिने सम्भावना छैन ।

यता एभरेष्ट बैंकले गत आवको चौथो त्रैमासको वित्तीय विवरण हेर्दा लगानीकर्तालाई २६.९८ प्रतिशत लाभांश दिने क्षमता राख्दछ । तर अहिलेसम्म घोषणा भने गरेको छैन । बैंकले लाभांशको घोषणा गरेको छैन भने साधारण सभाको पनि अहिलेसम्म कुनै अत्तोपत्तो छैन ।

यता स्टयान्र्डड चार्टर्ड बैंकले पनि लगानीकर्ताहरुलाई २२.४९ प्रतिशत लाभांश दिने क्षमता रहेको छ । तर अहिलेसम्म घोषणा भने गरेको छैन । यो बैंकले लगानीकर्ताहरुलाई दशैं अघि भने संतुष्टि दिन भनेको सकेको छैन ।

४ वटा बैंक मध्ये सबै भन्दा थोरै लाभांश नेपाल इन्भेष्टमेन्ट बैंकले लगानीकर्तालाई दिने क्षमता रहेको छ । बैंकको गत आवको चौथौ त्रैमासमो वित्तीय विवरण हेर्दा बैंकले १०.८० प्रतिशत लाभाश दिन सक्ने क्षमता रहेको छ । तर बैंकले अहिलेसम्म लाभांशको घोषणा गरेको छैन ।


क्लिकमान्डु