कुमारी बैंक र उपाय सर्भिसेसबीच व्यवसायिक परामर्श सम्झौता




काठमाडौं । कुमारी बैंक र डिजिटल प्लेटफर्म उपाय सर्भिसेसबीच व्यवसायिक परामर्श सम्बन्धी सम्झौता भएको छ ।

बैंकका कर्मचारीहरुको विश्लेषणात्मक तथा प्राविधिक क्षमता अभिवृद्धिका लागि विभिन्न किसिमका तालिम र प्रशिक्षण दिने सम्बन्धमा उक्त कम्पनीसँग सम्झौता भएको हो । सहमति अनुरूप कुमारी बैंक र उपाय सर्भिसेजबीच बैंकका ऋणीहरुले (विशेषगरी साना तथा मझौला) उपाय सर्भिसेजबाट लिने सेवाहरुमा विशेष छुट सहित सहज रुपमा द्रुत सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैंकका तर्फबाट बैंकका डेप्युुटी जेनेरल म्यानेजर मनिष तिमिल्सिना र उपाय सर्भिसेसको तर्फबाट जेनेरल म्यानेजर राजु के.सी.ले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु