खराब अर्थतन्त्र उकास्न भारतले ल्यायो खर्बौको राहत प्याकेज, सेयर बजारमा उछाल, अर्थमन्त्री खतिवडा के गर्दैछन् ?



काठमाडौं । लामो समयपछि खराब बनेको भारतीय अर्थतन्त्र उकास्नका लागि वित्तमन्त्री निर्मला सितामरणले दीपावली अगाडि अर्थव्यवस्थालाई उकास्नका लागि उद्योग जगतका लागि ठूला घोषण गरेकी छन् ।

वित्तमन्त्री निर्मलाले एक अध्यादेश ल्याएर घरेलु कम्पनी, नयाँ घरेलु निर्माण कम्पनीका लागि कर्पोरेट कर कम गर्ने प्रस्ताव घोषणा गरेकी हुन् ।

वित्त मन्त्रीले घरेलु म्यानुफ्याक्चरिङ कम्पनीका लागि कर्पोरेट ट्याक्समा कटौतीसँगै पूँजीगत लाभकरबाट ‘सरचार्ज’ हटाउने घोषणा गरेकी छन् ।

शुक्रबार गोवाबाट वित्त मन्त्रीले जब उद्योग जगतका लागि राहतको घोषणा गरिन्, त्यसपछि सेयर बजारमा खुसी देखिएको छ । उक्त समाचारसँगै सेयर बजारमा ह्वात्तै उछाल आएको थियो ।

भारतको अर्थव्यवस्थाका लागि गरिएको उक्त घोषणाबाट उद्योग जगतमा करिब १.४५ लाख करोड भारु फाइदा हुने अपेक्षा गरिएको छ ।

मोदी सरकारको यो राहर प्याकेजका कारणले राज्यकोषमा पर्ने प्रभावका बारेमा निर्मला सितारमणले अहिले यसको आँकलन भइरहेको र सरकारले छिट्टै यसबारेमा बिचार गर्ने बताइकी थिइन् ।

केन्द्र सरकारले एक अध्यादेशमार्फत् करका नियमहरु परिवर्तन गरेको हो । यो अध्यादेशको सहयोगमा आयकर कानून १९६१ को धेरै प्रावधानहरु बदलिएका छन् ।

वित्तमन्त्री निर्मला सितारमणले देशको जीडीपी ग्रोथ तथा अर्थव्यवस्थामा लगानी बढाउनका लागि इनकम ट्याक् कानूनमा नयाँ प्रावधान लागू गरिएको छ । यहाँ वित्त वर्ष २०१९/२० बाट लागू हुनेछ ।

यदि कुनै घरेलू कम्पनी कुनै प्रोत्साहनको लाभ लिँदैनन भने उसलाई २२ प्रतिशतको दरबाट आयकर भुक्तानी गर्ने विकल्प हुनेछ ।

पछिल्लो समय नेपालको अर्थतन्त्र पनि खराब बन्दै गएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले देशको अर्थतन्त्र खराब अवस्थामा रहेको भन्दै श्वेतपत्र जारी गरेपछि अर्थतन्त्र झन् खस्किएको हो ।

विदेशी लगानी पनि घट्दै गएको छ भने स्वदेशी लगानी पनि घटिरहेको छ । जसको प्रत्यक्ष असर राजस्वमा देखिएको छ । सरकारले लक्ष्य गरेजति राजस्व उठ्न सकेको छैन ।

सेयर बजार निरन्तर घटिरहेको छ । सेयर बजारका लगानीकर्ताहरु अत्तालिएका छन् ।

तर, अर्थमन्त्री खतिवडाले भने अर्थतन्त्र उकास्नतर्फ कुनै ध्यान दिएको देखिँदैन । गुनासो लिएर गएका लगानीकर्ता र उद्योगी, व्यवसायीलाई उल्टै हप्काएर पठाउँछन् ।

छिमेकी भारतकी वित्तमन्त्रीबाट हाम्रा अर्थमन्त्रीले सिकेर राहतको घोषणा गर्नुपर्ने आवश्यकता देखिएको छ ।


पुष्प दुलाल