९ प्रतिशतले बढ्यो निर्जीबन बीमा कम्पनीको बीमाशूल्क



काठमाडौं । बीमा समितिका अनुसार आव २०७५/०७६ को चौथो त्रैमासमा आईपुग्दा निर्जीबन बीमा व्यवसाय गर्ने बीमकहरुको कुल बीमाशुल्क आर्जन ८.८२ प्रतिशतले बढेको छ ।

समितिका अनुसार आव २०७४/०७५ २२ अर्ब ३५ करोड ७६ लाख १६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । गत आवको चौथो त्रैमासमा आईपुग्दा ८ प्रतिशतले बढेर २४ अर्ब ३२ करोड ९८ लाख ६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

समितिका अनुसार जारी बीमा लेखेको संख्या पनि १९.२५ प्रतिशतले बढेको छ । आव २०७४/०७५ मा निर्जीबन बीमा कम्पनीहरुले १८ लाख ६३ हजार ७७१ वटा बीमालेख जारी गरेको थियो तर आव २०७५/०७६ को असार मसान्तमा आईपुग्दा यो संख्या १९.२५ प्रतिशतले बढेर २२ लाख २२ हजार ४८५ वटा बीमालेख जारी भएको छ ।

यता समितिले उपलब्ध गराएको जानकारी अनुसार निर्जीबन बीमा कम्पनीहरुको कुल दाबी भुक्तानी पनि ३०.३९ प्रतिशतले बढेको छ ।

१३ अर्ब ३९ करोड १९ लाख २३ हजार रुपैयाँ कुल दाबी भुक्तानी रहेको छ । यता अघिल्लो आवको चौथो त्रैमासमा भने १० अर्ब २७ करोड ७ लाख ३० हजार रुपैयाँ रहेको थियो ।

समितिका अनुसार अहिले निर्जीबन बीमा कम्पनीहरुको कुल दाबी भुक्तानी संख्या पनि २४.२१ प्रतिशतले बढेको छ । आव २०७४/०७५ मा ६६ हजार ९२६ ले बढेर आव २०७५/०७६ मा ८३ हजार १३२ पुगेको छ ।

यता निर्जीबन बीमा कम्पनीहरुको भुक्तानी हुनबाँकी रकम भने १३४ प्रतिशतले बढेको छ । आव २०७४/०७५ मा ४ अर्ब ६५ करोड ८८ लाख ४८ हजार रुपैयाँबाट १३४ प्रतिशतले बढेर १० अर्ब ९२ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।

दाबी भुक्तानी हुन बाँकी रहेको संख्या ३.१० प्रतिशतले बढेको छ । आव २०७४/०७५ मा ३५ हजार ७२७ रहेको थियो भने आव २०७५/०७६ मा आईपुग्दा बढेर ३६ हजार ८३३ पुगेको छ ।


पुष्प दुलाल