व्यवसायीक जगतका यी व्यक्तिले पाउँदैछन् राष्ट्रपतिबाट सम्मान



काठमाडौं । संविधान दिवसको अवसरमा व्यवसायी जगतका विभिन्न व्यत्तित्वहरुलाई सरकारले सम्मान गर्ने भएको छ ।

व्यवसायिक जगतमा उच्च योगदान उच्च सम्मान गर्दैै सम्मान गर्ने भएको हो । उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मान पाउनेछन् ।

सरकारले स्वर्गियद्वय साहित्यकार मदनमणी दिक्षित र पूर्व पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई महाउज्जवल राष्ट्रदीपबाट सम्मान गर्ने भएको छ ।

साथै प्रधानमन्त्रीका निजी चिकित्सक प्रा डा. दिव्या सिंह शाह, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवरा, सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलका डिपार्टमेन्ट अफ मेडिसिन डिभिजन अफ नेफ्रोलोजीका सिनियर कन्सलटेन्ट प्रोफेसर अनान्थारामण्ण वाथसाला, डिपार्टमेन्ट अफ यरोलोजी, यरो अन्कोलोजी रोवोटिक्स एन्ट रेनल ट्रान्सप्लान्ट, एमएक्स ग्रुप अफ हस्पिटल दिल्लीका अध्यक्ष प्रोफेसर डा. अनन्त कुमार, इन्स्टिच्युट अफ एडल्ट रिसोन्सट्रक्सन स्पोटर्स इञ्जुरी एन्ड जोइन्ट रिप्लेसमेन्ट दिल्लीका एम.एसका अध्यक्ष डा. राजीव के शर्मा र डिपार्टमेन्ट अफ अन्कोलोजी, इन्द्रप्रस्थ एपोलो अस्पताल, नयाँ दिल्लीका हेड डा. हर्ष दुवाले पनि सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम श्रेणी)बाट सम्मानित हुने भएका छन् ।

कुन उद्योगी व्यवसायीले पाउँदैछन सम्मान ?

सुप्रसिद्ध प्रवल जनसेवा श्री
स्वर्गिय आङ छिरिङ शेर्पा, पर्यटन व्यवसायी,

सुकीर्तिमय राष्ट्रदीप (द्वितिय श्रेणी)
राजेशकाजी श्रेष्ठ, अध्यक्ष नेपाल चेम्बर अफ कमर्स

सुप्रवल जनसेवा श्री तृतिय श्रेणी
बासुदेव अधिकारी, अध्यक्ष नेपाल बैंक

किर्तिमय राष्ट्रदीप (चतुर्थ श्रेणी)
भवानी राणा, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
चन्द्र ढकाल, उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
अशोक अग्रवाल, उद्योगपति

प्रवल जनसेवा श्री चतुर्थ श्रेणी
रोशन न्यौपाने, सीईओ नेपाल एनआईसी एसिया बैंक
कमला श्रेष्ठ, अध्यक्ष, सौन्दर्य कला व्यवसायी महासंघ
रञ्जन खड्का, मार्केटिङ हेड, सेञ्चुरी बैंक
अभय पाण्डे, स्वतन्त्र विज्ञापन निर्माता


क्लिकमान्डु