नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले दिने भयो ८० प्रतिशत लाभांश



काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले सेयर लगानीकर्ताहरुलाई ८० प्रतिशत लाभाशं दिने प्रस्ताव गरेको छ ।

संस्थाको बिहीबार बसेको सञ्चालक समितिको ९० औं बैठकले आव २०७५-०७६ को मुनाफाबाट लगानीकर्तालाई ८० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको जनाएको छ ।

संस्थाका अनुसार चुक्ता पुँजीको १५ करोड ८ लाख ८३ हजार रुपैयाँ को ७५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

संस्थाले बोनसको लागि ११ करोड ३१ लाख ६२ हजार २५० रुपैयाँ र नगदको लागि ७५ लाख ४४ हजार १५० रुपैयाँ छुट्याएको जनाएको छ । संस्थाले उक्त लाभांशको प्रस्ताव गरेपनि राष्ट्र बैंकको अनुमति र संस्थाका आगामी साधारण सभाले पारित गरेपछि मात्रै लगानीकर्ताले पाउने छन् ।


क्लिकमान्डु