सेञ्चुरी बैंकले दियो विद्यालयलाई पानी ट्यांङ्की



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा महानगरपालिकास्थित श्री लक्ष्मी मा.वि.लाई पानी ट्यांङ्की सहयोग गरेको छ ।

बैकका बजार व्यवस्थापक शेखर वस्ताकोटी तथा गण्डकी प्रदेश प्रमुख रमेश बन्जाराले विद्यालयका प्रध्यानापक र सञ्चालक समितीलाई उक्त ट्यांङ्की हस्तान्तरण गरेका हुन् ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।


क्लिकमान्डु