सिद्धार्थ बैंकले १० प्रतिशत बोनस तथा १५.२६ प्रतिशत नगद लाभांश दिने



काठमाडौं । सिद्धार्थ बैंकले १० प्रतिशत बोनस सेयर तथा १५.२६ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकको संचालक समितिले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर तथा १५.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्ताव गरिएको नगद लाभांशमा सेयरधनीले तिनुपर्ने कर समेत जोडिएको हो । बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ७६ करोड पुग्ने छ ।


क्लिकमान्डु