भारतमा नेपाली भिसा कार्ड चल्न थाल्यो, पैसा भने निकाल्न अझै नमिल्ने

क्लिकमान्डु २०७६ भदौ ३१ गते १०:४० मा प्रकाशित

काठमाडौं । नेपाली बैंकले जारी गरेको भिसा कार्ड भारतमा चल्न थालेको छ ।

सोमबारदेखि चिप बेस भिसा कार्ड भारतमा चल्न थालेको राष्ट्र बैंकका भुक्तानी विभाग प्रमुख बमबहादुर मिश्रले जानकारी दिए ।

नेपाली बैंकले जारी गरेका भिसा कार्डबाट भारतीय बैंकको एटिएम मेसिनबाट तत्काल पैसा निकाल्न भने मिल्दैन ।

राष्ट्र बैंकले पिओएस मेसिनबाट पैसा भुक्तानी मात्र गर्न मिल्ने व्यवस्था पहिलो चरणमा गरेको जनाएको छ ।

चिनियाँ ह्याकरले नेपालको एटिएमहरुमा सेवा प्रदान गर्ने निप्सको सिस्टम ह्याक गरेर पैसा निकालेपछि भारतमा पैसा निकाल्नको लागि रोक लगाएको थियो । भारतमा रहेको एटिएमबाट पनि नेपाली बैंकको पैसा सिस्टम ह्याक गरेर निकालिएको थियो ।

केही दिनपछि एटिएमबाट पनि पैसा निकाल्न सकिने सुविधा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स