नेपालगञ्ज घटनाबारे बुद्ध एयरले भन्यो : हुलदङगाले उडानमा झन ढिलाइ भयो (विज्ञप्तिसहित)



काठमाडौं । नेपालगञ्जमा संस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टराईले ढिला गरेपछि उत्पन्न विबादबारे बुद्ध एयरले आफ्नो धारण सार्वजनिक गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै बुद्ध एयरले भनेको छ– मन्त्री योगेश भट्टराईले केहि ढिला गरेपछि उत्पन्न विबाद साम्य पार्न समय लाग्दा उडानमा थप ढिलाइ हुन पुग्यो ।

साथै आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ– बाहिरै निस्किएका यात्रुहरु भित्र पसेपछि पनि मन्त्रीमाथि आक्रोश पोख्दा विमानको एक भागतिर मात्र वजन धेरै भएकाले उडानमा समस्या आएको थियो । पछि मन्त्रीको टोलीको संयमताका कारण विबाद छिटै साम्य भएपछि बुद्ध एयर १९ंः ०४ बजे विमान उडेको थियो ।

बुद्ध एयरका अनुसार मन्त्री भट्टराई १८ः ५० बजे विमानस्थलमा आइपुगेका थिए ।


क्लिकमान्डु