सेयर बजार राताम्य, लगानीकर्तालाई मार्जिन कलको त्रास



काठमाडौं । सेयर बजारमा देखिएको दैनिकजसो दोहोरो अंकको गिरावटले मार्जिक कलको त्रास बढेको छ ।

बजारमा दैनिक जसो दोहोरो अंकको गिरावट आउँदा लगानीकर्तामा मार्जिन कलको त्रास बढेको बताएन थालेको छ ।

आइतबार दोहोरो अंकले घटेको सेयर बजारले सोमबार पनि त्यही लय समाउँदा १६.१६ अंकले घटेर ११२३.८३ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.६६ अंकले घटेर २४६.३५ बिन्दुमा रोकिएको छ ।

१६९ कम्पनीको १२ लाख ४८ हजार ४०९ कित्ता सेयर ३४ करोड ३९ लाख १८ हजार २२१ रुपैयाँमा किनबेच भएको छ ।

कारोबारको सुरुदेखि नै ओरालो लागेको बजार अन्तिम समयसम्म पनि सुधार हुन सकेन । १२ वटा समूहको कारोबारमा बैंकिङ १३.०७, जलविद्युत १४.३८, निर्जीबन बीमा कम्पनी ७७.४४,जीवन बीमा समूहको उपसूचक १३१.६२ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा छिमेक लघुवित्त विकास बैंक अग्रस्थानमा देखिएको छ । छिमेकको १ करोड ८० लाख १९ हजार ९४५ रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक र सिटिजन बैंक इन्टरनेशनल रहेका छन् ।

सोमबारको कारोबारमा साल्ट ट्रेडिङ कर्पोरेशन, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, छ्याङदी हाईड्रोपावर, गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन भने नेशनल लाइफ इन्स्योरेन्स, सिनर्जी पावर डेभलपमेन्ट, आईएमई जनरल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । निरन्तर बजारमा आएको गिरावटले लगानीकर्ताले त्रसित बनाउँदै लगेको छ ।


क्लिकमान्डु