लक्ष्मी बैंक र लक्ष्मी केयरले निःशुल्क विद्युतीय बस चलाउने



काठमाडौं । लक्ष्मी बैंक र लक्ष्मी केयरस्ले संयुक्त रुपमा सांगितिक कार्यक्रम आयोजना गरेका छन् । नेपालका प्रतिष्ठित गायक दीप श्रेष्ठको सांगितीक यात्राको ५० वर्षको अवसरमा कोष स्थापनाको लागि उक्र कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाली गीत, संगीतसँग सम्बन्धित विभिन्न सर्जक, पारखी एवं संगीतकारहरुको उपस्थिति रहेको थियो । कोष स्थापनाको लागि आयोजना गरिएको यस कार्यक्रमबाट संकलन भएको रकम सम्पदा सूचीमा परेका दुईवटा स्थानहरुका लागि विद्युतीय सवारी साधनको व्यवस्थामा प्रयोग गरिने बताइएको छ । यी विद्युतीय गाडीको प्रयोग बृद्ध एवं शारीरिक रुपमा अशक्त व्यक्तिहरुका लागि निःशुल्क रुपमा प्रयोग गरिने छ ।


क्लिकमान्डु