स्रोत नखुलेको ५५ लाखसहित उमेश मगर त्रिपुरेश्वरबाट पक्राउ



काठमाडौं । नेपाल प्रहरीले ५४ लाख ७२ हजार २०५ रुपैयाँसहित ओखलढुंगा मोलुङ गाउँपालिका–५ उमेश कुमार मगरलाई त्रिपुरेश्वरबाट पक्राउ गरेको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वर चोकबाट काठमाडौं डल्लु बस्ने २२ वर्षीय मगरलाई स्रोत नखुलेको उक्त रकमसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मगरको साथबाट नगद १३ लाख ९ हजार ७ सय ५ रुपैंया र विभिन्न बैंक तथा वित्तिय संस्थाको ४१ लाख ६२ हजार ५ सय रुपैयाँ बराबरको चेकसहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उमेश सवार प्रदेश नम्बर ३–०२–००५ प ६१५२ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उक्त नगद र चेक फेला पारी स्कुटर सहित उनलाई पक्राउ गरेको हो ।


क्लिकमान्डु