राष्ट्रिय वाणिज्य बैंकको २३८ औं शाखा डोल्पाको डोल्पोबुद्धमा



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले डोल्पा जिल्लाको डोल्पोबुद्ध गाउँपालिका–१ मा शाखा डोल्पोबुद्ध कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको यो २३८ औं शाखा कार्यालयको हो ।

शाखोको उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले सरकारी बैंकले देशकै उच्च हिमाली मानवबस्ती भएको स्थानमा शाखा सञ्चालन गरी बित्तीय पहुंच पुर्याउनु आफैमा गौरवान्वित कुरा भएको बताए ।

बैकको ५ नंम्बर प्रदेश कार्यालय नेपालगञ्जका प्रादेशिक प्रबन्धक आनन्द सुवेदीले बैकलाई तोकिएका सबै स्थानीय निकायमा बैंकको पहुंच पुगेको बताए । सोही अवसरमा डोल्पा जिल्लाको छार्काताङ्गसोङ्ग गाउँपालिका–४ स्थित २३७ औं शाखा कार्यालय छार्काताङ्गसोङ्गको पनि कारोबार शुरु भएको छ ।

बैंकले गत आव २०७५-०७६ मा ५ अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । यो अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैयाँ, कर्जा १ खर्ब ४४ अर्ब रुपैयाँ र बेस रेट ५.५० प्रतिशत रहेको छ । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०४ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

बैंकले बैंकिङ्ग क्षेत्रको विस्तार, वित्तीय पहुँचको लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवाहरु लक्षित बैंकिङ्ग कारोबार संचालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै सरकारको नीति तथा कार्यक्रमलाई सघाउ गुग्ने गरी बैंकिङ्ग सेवाहरु प्रवाह गरिरहेको छ ।


क्लिकमान्डु