सेन्चुरी बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति ?



काठमाडौं । सेन्चुरी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दनि निक्षेपमा व्यक्तिगतमा ९.२५ र संस्थागत तर्फ ८.५० प्रतिशत रहेको छ ।

यता बचततर्फ ६.५० प्रतिशत ब्याज रहेको छ । बचत खातामा सबै भन्दा बढी ६.५० प्रतिशत र न्यूनतम १ प्रतिशत रहेको छ । अहिले बैंकले २२ वटा बचत खाता सञ्चालनमा ल्याएको छ । यस्तै बैंकले कर्जाको नयाँ ब्याजदर पनि सार्वजनिक गरेको छ ।

अहिले बैंकको बेसरेट ११.२९ प्रतिशत रहेको छ । बैंकबाट ब्याज लिँदा सबै भन्दा बढी १७.२९ प्रतिशत ब्याज लाग्ने छ । बैंकबाट भेहिकल लोन लिँदा १७.२९ प्रतिशत रहेको छ । यस्तै होम लोन लिँदा १६.५४ प्रतिशत लाग्ने छ । बैंकबाट शैक्षिक कर्जा लिनु परेमा १४.७९ प्रतिशत ब्याज लाग्ने छ भने सेयर धितोकर्जा राखेर ऋण लिँदा १५.५४ प्रतिशत ब्याज लाग्ने छ ।


क्लिकमान्डु