टाटा हिटाची किन्न ज्योति विकास बैंकले ७०% कर्जा दिने



काठमाडौं । टाटा हिटाचिको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता सिप्रदी अर्थमुभर्स र ज्योति बिकाश बैङ्कबीच कर्जा सम्झौता भएको छ ।
सम्झौता अनुरुप अब टाटा हिटाचि खरिद गर्न चाहने खरिदकर्ताले ज्योति बिकाश बैङ्कबाट ७० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा सिप्रदी अर्थमुभर्सका तर्फबाट कम्पनिका उप महाप्रबन्धक राजेन्द्र कार्कि र ज्योति बिकाश बैङ्कका तर्फबाट नायव महाप्रबन्धक शुशिलकुमार शर्माले हस्ताक्षर गरेका छन् । कर्जा देशैभरिको जुनसुकै शाखा मार्फत पाइने बैंकले जनाएको छ ।


क्लिकमान्डु