१० प्रतिशत बोनसपछि एनआईसी र कुमारीको मूल्य समायोजन



काठमाडौं । १० प्रतिशत बोनस सेयरपछि एनआईसी एशिया बैंकको सेयर मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेन्जले १० प्रतिशत बोनस सेयर दिएपछि ४०७ रुपैयाँमा एनआईसीको मूल्य समायोजन भएको जनाएको छ ।

यस्तै कुमारी बैंकको पनि १० प्रतिशत बोनस सेयर दिएपछि मूल्य १८४ रुपैयाँमा समायोजन भएको छ ।


क्लिकमान्डु